नियम १०
मूल नियमावलीमा नियम २६क. थप
मूल नियमावलीको नियम २६ पछि देहायको
नियम २६क. थपिएको छ ः–
“२६क. विशेष कोष ः (१) नगर परिषद्ले आÇनो कोषमा जम्मा भएको आन्तरिकआयबाट देहाय बमोजिमका विशेष कोषहरूमा आवश्यक रकम विनियोजन गर्नसक्नेछ ः–
(क) दैवी प्रकोप उद्दार विशेष कोष
(ख) मर्मत सम्भार विशेष कोष
(ग) गरिवी निवारण तथा सामाजिक परिचालन विशेष कोष
(घ) महिला तथा बाल विकास विशेष कोष
(ङ) स्वास्थ्य बीमा विशेष कोष
(च) वातावरणीय व्यवस्थापन विशेष कोष
(२) उपनियम (१) बमोजिमको कोष सञ्चालनको कार्यविधि नगरपरिषद्ले स्वीकृत गरे बमोजिम हुनेछ ।”